Menu
मनास्लु टाइम्स
  • मुख्य पृष्ठ
  • देश/समाज
  • अपराध
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • राजनीति
  • मनोरञ्जन
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तराष्ट्रिय
  • अन्य
मनास्लु टाइम्स

बार्यननसँग बार्सीलोनाको लज्जास्पद हार, आठ-दुईको गाेल अन्तरले पराजित

Posted on ३१ श्रावण २०७७, शनिबार ०६:०४ by मनास्लु टाइम्स

काठमाडौं । शुक्रबार राति सम्पन्न खेलमा जर्मन क्लब म्युनिखसँग बार्सीलोना पराजित भएको छ । रोपियन च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा बार्सीलोनाले नमिठो हार व्यहोर्नुपरेको हो ।

पोर्चुगलको राजधानी लिस्बनमा भएको खेलमा जितका लागि म्युनिखले बार्सीलोनालाई आठ गोल खुवाएको थियो । जवाफि हमलामा र्बासीलोनाको तर्फबाट दुई गोल मात्र फिर्ता भएपछि खेल बार्यनको नाम भएको थियो । बायर्नले बार्सिलोनाविरुद्ध ८–२ गोल अन्तरको फराकिलो जित हात पारेर ऐतिहासिँक विजय हाँसिल गरेको छ ।

थोमस मुलर र फिलिप काउटिन्होले समान २–२ गोलले बायर्नको धुवादार जितका लागि मेरुदण्ड सावित हुनपुग्यो भने इवान पेरिसिच, सर्ज ग्नाब्री, जोसुवा किमिच र रोवर्ट लेवान्डोस्कीले १–१ गोलले टिमलाई मजबुदिको दिशातर्फ धकेल्यो ।

लेवान्डोस्किको पासलाई सदुपयोग गर्दै चौथो मिनेटमै मुलरले सुरुवाती गोल गरे । तर सातौँ मिनेटमा बायर्नकै डेबिड अल्बाले आफ्नै पोस्टमा गोल गरेर खेललाई बराबरीमा ल्याए ।

खेलमा सुरुवातबाटै दबाब बनाएको बायर्नले २१ औं मिनेटमा दोस्रो गोल गर्दै पुनः अग्रता कायम गर्यो । ग्नाब्रीको पासमा पेरिसिचले गोल गरेपछि भने बायर्नले अग्रता गुमाउनु परेन । बरु २७ औं मिनेटमा ग्नाब्रीले गोल गर्दै दुई गोलको अग्रता बनाए ।

बार्यन यतिमा रोकिएन, किमिचको पासमा मुलरले व्यक्तिगत दोस्रो गोल थपे । उनले ३१ औं मिनेटमा गरेको गोलसँगै बार्यन पहिलो हाफमा ४–१ गोलले अघि रह्यो ।

दोस्रो हाफमा पनि बायर्नले ४ गोल थप्यो । ६३ औं मिनेटमा किमिचले गोल गरे भने ७५ औं मिनेटमा मैदान छिरेका काउटिन्होले ८२ औं मिनेटमा लेवान्डोस्कीलाई एसिस्ट गरे ।

लेवान्डोस्किको गोलसँगै ६ गोल स्कोर गरेको बार्यनका बाँकी दुवै गोल काउटिन्होले नै गरे। डिफेन्समा कमजोर देखिएको बार्सिलोनाविरुद्ध ८५ औं मिनेटमा मुलरको पासमा गोल गरेका काउटिन्होले हर्नान्डेजको पासलाई सदुपयोग गर्दै ८९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

काउटिन्होको दोस्रो गोलसँगै बार्यनले ८–२ गोलको जित निकाल्न सफल बन्यो। जहाँ बार्सिलोनाका लुइस सुआरेजले खेलको ५२ औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।

जितसँगै बायर्न उपाधिको नजिक पुगेको छ । अब उसले सेमीफाइनलमा म्यानचेस्टर सिटी र लियोनको विजेतासँग खेल्ने छ ।

यता, बायर्नका फरवार्ड लेवान्डोस्कीले जारी च्याम्पियन्स लिगमा १४ गोल पुर्याएका छन् । उनले गएरातिको खेलमा गोल गर्दै १४ गोल पुर्याएका हुन् ।

अन्तराष्ट्रिय खेलकुद

1 thought on “बार्यननसँग बार्सीलोनाको लज्जास्पद हार, आठ-दुईको गाेल अन्तरले पराजित”

  1. prakas says:
    August 15, 2020 at 6:19 am

    The news should be in Sports category not in Country or Society category

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

recent

  • भारतमा २४ घण्टामा ८६ हजार ४३२ संक्रमित, अहिलेसम्मकै उच्च
  • माओवादी द्वन्द्वकथा फिल्म ‘हाेरी’ ताेरीनाे फिल्म ल्याबमा समावेश
  • (no title)
  • चीनकाे काेभिड भ्याक्सिन ८ देशमा परिक्षण हुँदै
  • देउबाकाे निर्णय उपर पाैडेल समूहकाे छलफल

Recent Posts

  • भारतमा २४ घण्टामा ८६ हजार ४३२ संक्रमित, अहिलेसम्मकै उच्च
  • माओवादी द्वन्द्वकथा फिल्म ‘हाेरी’ ताेरीनाे फिल्म ल्याबमा समावेश
  • (no title)
  • चीनकाे काेभिड भ्याक्सिन ८ देशमा परिक्षण हुँदै
  • देउबाकाे निर्णय उपर पाैडेल समूहकाे छलफल

Recent Comments

  • sikis on देउबाकाे निर्णय उपर पाैडेल समूहकाे छलफल
  • porno on देउबाकाे निर्णय उपर पाैडेल समूहकाे छलफल
  • Fantastic on मुख्य पृष्ठ
  • Ankit Subedi on शुरु भयाे काठमाडौं मा फुड बैंक
  • Shristi Karki on शुरु भयाे काठमाडौं मा फुड बैंक

Archives

  • September 2020
  • August 2020

Categories

  • अन्तराष्ट्रिय
  • अन्य
  • अपराध
  • अर्थतन्त्र
  • खेलकुद
  • ज्योतिष
  • देश/समाज
  • भाषा/साहित्य
  • मनोरञ्जन
  • राजनीति
  • शिक्षा
  • सूचना प्रविधि
  • स्वास्थ्य

Meta

  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org
©2021 मनास्लु टाइम्स | Powered by WordPress & Superb Themes